Recent twitter entries...

to do list...nothing

लेखौ भने त धेरै कुरा मनमा आको जस्तो लाग्छ तर लेख्न भने खोइ केइ आउदैन। अझ यो बिदाको बेला ,दोस्रो बर्षको एक्जाम सकाएर बसेको यो लामो बिदा। लामो थियो तर अब केही दिन या केही साता पछी कलेज खुल्ने छ। फर्स्ट येअर र सेकेन्ड येअरको ब्येसिक साईन्स सकायेर अब क्लिनिकल साईन्स सुरु हुने बेला सोच्दा रमाइलो लाग्छ क्लिनिकल पोस्टिङ् अनी क्लास। आज बिहाना उठेर पहिलो पटक ऐना हेर्न पुगेछु दारी बढेर लामो भैसकेछ कपाल जिङ्रिङ लामो नमीलेको मेरो हालको अवस्था जस्तो।।। केइ काम नभाको जस्तो। अनी केइ नसोची अनुहार पखले अनुहार संगै मेरो कथुता पनि पखाल्ने प्रयास गरे। येति लामो बिदा येतिकै सकिन लाग्यो क को सकिन लाग्यो सकिसक्यो। सधैं जस्तोको अल्चिपन र अनुशासनहिन्ताले मलाई यो पाली पनि छोरेन। बिदा हुनु भनदा अघी यो गरौला त्यो गरौला तर लास्टमा उस्तै। येत्रो बिदामा मैले किताब पल्टाईन अझ मेडिकल समबन्धी त छुदा पनि छोईन। केइ त सिक्नु पार्ने केइ त पढ्नु पर्ने थियो। ल केइ गरिन रे ठिकै छ तर मलाई पिर त अर्कै कुरामा पो पर्यो, मेरो आँखा र मन किताब बाट भागी सके जस्तो पो लाग्यो। म पुरै असफल भएको महसुस गरे। ल लास्टमा तेही हो लामो लिस्ट वनयो अनी तेस्तै तेस्तै। जे भए नी अब बाल मत्लब।।।

             i was totally disconnected......  

Comments (0)

Post a Comment